स्वास्थ्यको प्रस्ताव : अब सबै देशबाट आउनेलाई सात दिन क्वारेन्टिन

काठमाडौँ, ३ पुस । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै देशबाट आउने नागरिकलाई कम्तीमा ७ दिन होटल क्वारेन्टिनमा राख्नुपर्ने प्रस्ताव अघि सारेको खुलेको छ ।

अध्यागमन विभागले शुक्रबार ६७ वटा देशबाट आउने यात्रुलाई ७ दिन क्वारेन्टिनमा राख्नुपर्ने आदेश जारी गरेर २४ घण्टा नवित्दै फिर्ता लिएको थियो । तर सो प्रस्ताव फिर्ता लिनुको पछाडी पनि स्वास्थ्य मन्त्रालयले अघि बढाएको प्रस्ताव भएको अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्राले ओमिक्रोन भेरियन्ट रोक्नका लागि ६७ देश मात्रै नभई सबै देशबाट आउने यात्रुले ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रस्ताव अघि बढेको बताइन । स्वास्थ्यले यस सम्वन्धी प्रस्ताव गत साता नै मन्त्रिपरिषदमा पेश गरेको समेत उनले जानकारी दिईन ।

‘ओमिक्रोनको संक्रमण बढ्दो क्रममा छ । संसारका थुप्रै देशमा यो भाइरस पुगिसकेको छ । अब यो देशकालाई छाडिदिने फलानो देशकालाई राख्ने भन्ने हुँदैन । अध्यागमनको हिजोको सूचीमा नपरेको भारतमा पनि नयाँ भेरियन्ट फैलदोक्रममा छ । यस्तो अवस्थामा त्यहाँबाट आउनेलाई पनि त रोक्नुपर्ने होला नि,’ उनले भनिन् ।

अध्यागमनले शनिबार विहानै निकालेको सूचनामा शुक्रबारको आदेश अर्को व्यवस्था नहुँदासम्मको लागि स्थगित भएको जनाएको छ ।
नेपालमा अहिलेसम्म दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । यद्धपी ती व्यक्तिहरु कोभिड निको भएर सामान्य अवस्थामा फर्किसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *