ओमिक्रोन विश्वभर अभूतपूर्व रुपमा फैलिरहेको भन्दै सामान्य रुपमा नलिन डव्लुएचओको चेतावनी

फाइल फोटो

काठमाडौं, २९ मंसिर । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वभर अभूतपूर्वरुपमा फैलिएको सचेत हुन चेतावनी दिएको छ । ओमिक्रोन भेरियन्ट अहिलेसम्म विश्वका ७७ वटा देशमा पुगिसकेको छ ।

फैलावटको दरलाई हेरेर डव्लुएचओका प्रमुख डा टेड्रोस अधानोम गेब्रेयससले यो भाइरस पहिले देखि नै भएको हो कि भनेर अनुमान समेत गरेका छन् । उनी भन्छन्, ‘यो सम्भवतः अरू धेरैमा पहिले देखि नै थियो कि ? जसले यो पत्ता लगाउन नै सकेनन् ।’

उनले नयाँ भेरियन्ट पत्ता लगाउनका लागि धेरै काम हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘हामीले अहिले यो भाइरसलाई जोखिम कम कसरी गराउने भन्ने मात्रै सिकेका छौँ । यसले कम गम्भीर रोग निम्त्याउँछ भन्ने ठानेका छौँ तर जव केश एकैपटक ठूलो संख्यामा आउँदा हाम्रो स्वास्थ्य प्रणाली फेरी पनि ओझेल पर्ने हो कि ? त्यसतर्फ ध्यान दिएका छौँ ?’ उनले भने ।

अहिले ओमिक्रोन देखा परेको दक्षिण अफ्रिका र त्यसका छिमेकी देशबाट हुने यात्रालाई धेरै देशले प्रतिवन्ध लगाएका छन् । तर ओमिक्रोन रोकिएको छैन् ।

मंगलबारको पत्रकार सम्मेलनमा डव्लुएचओ प्रमुखले खोप समानताका विषयमा समेत चिन्ता व्यक्त गरेका छन् । नयाँ भेरियन्ट आउनासाथ कतिपय देशहरुले बुस्टर डोज सुरु गरेको भन्दै उनले खोप संकट देखिनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *