चिकित्सा शिक्षा तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको फारम १४ पुस देखि खुल्ने

काठमाडौं, २९ मंसिर । चिकित्सा शिक्षा आयोगले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा तर्फको स्नातक तहका लागि विद्यार्थी छनौट गर्न लिइने एकीकृत प्रवेश परीक्षाको आगामी १४ पुस देखि फारम खुलाउने भएको छ ।

अनलाइन माध्यमबाट भर्न मिल्ने फारम आगामी २० माघ अपरान्ह ५ बजेसम्म भर्न पाइने बताइएको छ ।

यसअघि कोभिडको कारण रोकिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ देखि सुरु भएको थियो । सो परीक्षामा एमबीबीएस र बीडीएस बाहेकका अन्य विषयमा कम विद्यार्थी छनौट भएका थिए ।

त्यसबेला निजी कलेजहरुले परीक्षामा कम विद्यार्थी छनौट भएको भन्दै विरोध समेत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *