फाइजर खोपको दोस्रो डोज आजबाट सुरु

काठमाडौं, २७ मंसिर । कोभिडविरुद्धको अमेरिकी खोप फाइजर को पहिलो डोज लगाएकाहरुलाई आजबाट दोस्रो डोज दिन थालिएको छ । पहिलो डोज लगाएको चार साता पछि आजबाट दोस्रो डोज सुरु गरिएको हो ।

दोस्रो डोज खोप काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला सहित १९ जिल्लाका अस्पतालहरुमा आजबाट सुरु भएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख सागर दाहालले तोकिएका सबै अस्पतालमा खोप पठाइसकिएको र आजबाट लगाउन समेत सुरु भएको बताए ा उनले पूर्वनिर्धारित तालिका अनुसार आगामी २ पुस (आगामी शुक्रबार) दोस्रो डोज चल्ने बताए ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले पूर्वनिर्धारित तालिका अनुसार आजबाट जिल्लामा तोकिएका स्थानहरुबाट फाइजर खोपको दोस्रो डोज दिन सुरु गरिएको बताए । उनले फाइजरको पहिलो डोज खोप लगाउन तोकिएका केन्द्रहरुबाट दोस्रो डोज दिन सुरु गरिएको बताए ।

कोभ्याक्स सुविधा अन्तरगर्त अमेरिकाले उपलव्ध गराएको १ लाख ६२० डोज खोप १२ बर्ष माथिका दीर्घरोगीहरु र १२ देखि १७ बर्ष उमेर समूहका अन्य बालबालिकालाई दिइएको थियो ।

पहिलो डोज २८ मंसिर देखि देखि ४ मंसिरसम्म तोकिएका दीर्घरोगीहरुको लागि र ५ मंसिर देखि ७ मंसिरसम्म १२ देखि १७ वर्ष उमेर समूहका अन्य व्यक्तिलाई पहिलो मात्रा खोप दिइएको थियो । त्यसबेला ५३ हजार ८३६ जनाले फाइजरको पहिलो डोज लिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *