राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा भण्डारीको म्याद थप

उपकुलपति प्राडा संगिता भण्डारी

काठमाडौँ, २५ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा संगिता भण्डारीको म्याद थप भएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले विहीबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न भन्दै म्याद थप गर्ने निर्णय गरेका हुन् । उपकुलपति भण्डारीको कार्यकाल २६ मंसिर देखि सकिदै थियो ।

स्वास्थ्य मन्त्रीका निजी सचिव मधु मिजारले उपकुलपति भण्डारीको म्याद थप भएको पुष्टि गरे । ‘नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न समिति गठन भइसकेको अवस्था छ । त्यसले केही दिनमै नाम सिफारिस गर्नेछ । तर पनि नयाँ नआउँदासम्म उपकुलपतिविहीन बनाउन पनि मिलेन । त्यसैले दैनिक कार्यसञ्चालन गर्नका लागि प्राडा भण्डारीकै म्याद थपिएको हो,’ मिजारले भने ।

उनले करीव १५ दिन भित्रमा नयाँ उपकुलपतिको टुंगो लाग्ने भन्दै त्यति अवधीका लागि म्याद थपिएको बताए ।

यसअघि सरकारले स्वास्थ्य मन्त्री खतिवडाको संयोजकत्वमा उपकुलपति छनोटका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
सो समितिमा मन्त्रालयका सचिव डा रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला सदस्य रहेका छन् ।

समितिले आइतबार उपकुलपतिका लागि योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन गर्न सक्ने भन्दै प्रस्ताव आब्हान गर्ने बताइएको छ । समितिले आवेदन दिएका मध्येबाट तीन जनालाई छनोट गरि प्रधानमन्त्री एवं प्रतिष्ठानक कुलपति समक्ष प्रस्ताव गर्नेछ ।

सिफारिस समितिले सिफारिस गरेको प्रस्तावका आधारमा प्रतिष्ठानका कुलपतिले एकजनालाई प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने व्यवस्था छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *