विशेषज्ञ चिकित्सकका लागि लाइसेन्स परीक्षा १४ र १५ माघमा हुँदै

काठमाडौँ, २४ मंसिर । नेपाल मेडिकल काउन्सिलले आगामी १४ र १५ माघका दिन विशेषज्ञ चिकित्सकका लागि लाइसेन्स परीक्षा (स्पेशल एक्जामिनेसन) लिने भएको छ ।

काउन्सिलले सो परीक्षामा सहभागी हुन चाहनेका लागि आगामी आइतबार देखि एक महिनासम्म अनलाइन फारम खुल्ने र सो फारम भर्न सूचना जारी गरेको छ ।

‘आगामी २६ मंसिर देखि २६ पुससम्म नियमित रुपमा फारम भर्न सकिन्छ । २७ र २८ पुसमा विलम्ब शुल्क तिरेर फारम भर्न सकिन्छ । सो फारम भरेपछि परीक्षामा सहभागिता जनाउन सकिन्छ,’ सूचनामा भनिएको छ ।

परीक्षा इन्जिनियरिङ अध्यय्न संस्थान पुल्चोकमा कम्प्युटर विधिबाट हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *