भारतमा थप नौ हजार भन्दा बढीमा कोरोना संक्रमण

नयाँदिल्ली, २३ मंसिर । भारतमा हिजो बुधबार नौ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
बुधबार कोरोना सङ्क्रमणबाट १५९ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार १११ पुगेको छ । भारतमा अझै पनि ९४ हजार ७४२ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।
गएको २४ घण्टामा भारतमा आठ हजार २५१ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ९७ हजार ३८८ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।
सिन्हा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



