स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न एनएचआरसी र एआईएनबीच छलफल

काठमाडौँ, २३ मंसिर । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ नेपाल (एआईएन) स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

बुधबार भएको छलफलमा एनएचआरसीका तर्फबाट कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवाली र एआईएनका अध्यक्ष डा सुशील कोइराला, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला नेतृत्वको टोली सहभागी थियो ।

छलफलमा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले के कस्ता कार्यक्रमहरु ल्याउन सक्ने र परिषदसंग कसरी हातेमालो गर्ने भन्ने विषय केन्द्रीत थियो ।

‘स्वास्थ्यमै काम गर्ने दर्जनौँ आइएनजीओ छन् । उनीहरुले गरेका काम तथा सहयोगहरुलाई अनुसन्धानको पाटोबाट पनि हेर्नुपर्छ । यस्तै स्वास्थ्य अनुसन्धानलाई अनुसन्धानलाई रार्ष्ट्रिय प्राथमिकतामा कसरी पार्ने ? अनुसन्धानात्मक कार्यलाई कसरी सहयोग गर्न सकिन्छ ? र एनएचआरसीसंग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत थियो,’ एआईएनका अध्यक्ष डा कोइरालाले भने ।

यता परिषदका सदस्यसचिव डा ज्ञवालीले नेपालमा स्वास्थ्य क्षेत्रमा कार्य गर्ने आइएनजीओलाई सुव्यवस्थित प्रक्रियाबाट अनुसन्धानका क्षेत्रमा लगानी बढाउनका लागि आव्हान गर्ने र त्यसका लागि आवश्यक समन्वय गर्ने दिशामा छलफल भएको बताए । उनले स्वास्थ्यका नीतिगत क्ष्ँोत्रमा सहयोग हुने गरी संयुक्त रुपमा अनुसन्धानका पाटोलाई अघि बढाउने, अनुसन्धानकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा लगानी बढाउने लगायतका विषयमा प्रस्तुतिकरण समेत राखेका थिए ।

छलफलमा डा भगवान कोइराला, एआइएनका अन्य प्रतिनिधिले स्वास्थ्य क्षेत्रमा लगानी भित्र्याउँदा अनुसन्धानलाई समेत समेटेर अघि बढ्नुपर्ने विचार राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *