कोभिडविरुद्धको खोप : ६० वर्ष माथिका नागरिकलाई ‘अतिरिक्त डोज’ दिईने

काठमाडौँ, २३ मंसिर । सरकारले कोभिडविरुद्धको खोप भेरोसेल लगाएका ६० वर्ष माथिका सबै व्यक्तिहरुलाई अतिरिक्त मात्रा (बुस्टर डोज) खोप दिने तयारी गरेको छ ।

राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएको तीन महिना पुगेका ज्येष्ठ नागरिकलाई अतिरिक्त डोज दिइने भएको हो ।

समितिले रोग प्रतिरोधी क्षमता कमजोर भएका सबै व्यक्तिलाई पनि अन्य खोप अतिरिक्त डोजको रुपमा उपलव्ध गराउन सिफारिस गरेको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डा विवेककुमार लालले समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिने तयारी भएको बताए ।

उनले अन्य खोप लगाएका दीर्घरोगीहरुलाई तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई पनि अतिरिक्त मात्रा खोप दिने योजना भएको सुनाए ।

‘केही विशेष अवस्थाका व्यक्तिलाई खोप लगाएपछि जुनस्तरमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो, त्यो नभएपछि त्यस्ता व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ । यस्तै क्यान्सरका रोग भएका, अङ्ग प्रत्यारोपण गरेका, रोग प्रतिरोधी क्षमता कम भएका ९एचआइभी०, रोग प्रतिरोधी क्षमता दबाउने औषधि प्रयोग गर्ने व्यक्तिलाई लक्षित गरी एक मात्रा खोप दिनका लागि पनि डब्लुएचओले सिफारिस गरेको छ । हामीले सोही अनुसार तयारी गरेका छौं,’ उनले भने ।

अतिरिक्त डोज खोप लगाउने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वास्थ्यमन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग गत १७ मंसिरमा छलफल गरेकी थिइन । सो क्रममा एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘अतिरिक्त डोज खोप उपलब्ध गराउन आग्रह गरेकी थिइन ।

विश्वका केही देशले आफूखुशी निर्णय गरेर बुस्टर डोज लगाउने गरेको पाइएको छ तर डब्लुएचओले सबै जनसङ्ख्यालाई समेटेर बुस्टर डोज लगाउनका लागि सिफारिस भने गरेको छैन ।

“अझै पनि सबै सदस्य राष्ट्रले बढीभन्दा बढी जनसङ्ख्यालाई खोप लगाउनुपर्दछ । त्यो सबै जनसङ्ख्यालाई लगाइसकेपछि बल्ल थप मात्र लगाउन पर्दछ भनेको छ,” उहाँले उनले भने ।

नेपालमा कोभिशिल्ड एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोन्सन र फाइजर खोप लगाइँदै आइरहेको छ । नेपालमा लक्षित जनसङ्ख्याको ५३.७ प्रतिशतलाई पहिलो मात्रा र ४४.५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *