चार दिन भित्र ३४ लाख डोज मोडर्ना खोप आउँदै, आज ६ लाख डोज कोभिसिल्ड

काठमाडौँ, २२ मंसिर । सरकारले आज थप छ लाख डोज कोभिडविरुद्धको खोप कोभिसिल्ड प्राप्त गर्दैछ । यो परिमाणको खोप कोभ्याक्स सुविधा अन्तगर्त प्राप्त गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले आज दिउसो २ ३५ मा कतार एयरको नियमित उडानबाट सो खोप काठमाडौँ आइपुग्ने बताए ।

यसअघि सरकारले कोभ्याक्स सुविधा अन्तरगर्त नै १३ मंंसिर र १५ मंसिरमा गरी क्रमश ७ लाख २५ हजार र ९ लाख ७२ हजार डोज गरी करिव १७ लाख डोज कोभिसिल्ड प्राप्त गरिसकेको छ ।

भोलि १४ लाख बढी र आइतबार १९ लाख बढी मोर्डना खोप आउँदै

यसैबीच सरकारले अवको चार दिन भित्र देशमा ३४ लाख डोज अमेरिकी खोप मोडर्ना भित्र्याउँदै छ । गत शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना ल्याएको सरकारले बिहीबार (भोलि) र आगामी आइतबार गरी थप ३४ लाख डोज खोप भित्र्याउने भएको हो ।

आपूर्ति व्यवस्थापन शाखाका प्रमुख चौरसियाले भोलि विहीबार १४ लाख भन्दा केही बढी र आइतबार १९ लाखमा केही बढी गरी चार दिन भित्र ३४ लाख डोज मोर्डना खोप भित्रिन लागेको जानकारी दिए । उनले यो खोप केही कोभ्याक्स सुविधा र केही सरकारको खरीदबाट आउन लागेको समेत स्पष्ट पारे ।

नेपालमा पहिलो पटक भित्रिएको यो खोप सरकारले १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय गरिसकेको छ । गत आइतबार बसेको राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को सुझाव अनुसार १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय गरेको हो ।

यो खोप अब स्कुल स्कुलमा खोपकेन्द्र तयार गरी बालबालिकालाई दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

मोडर्ना खोप लामो समय राख्नुपर्दा माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । यद्धपी एक महिनासम्म भने माइनस २ देखि ८ डिग्री तापक्रममै राख्न सकिने विज्ञहरुले बताएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *