चौबिस घण्टामा थप २०५ जनामा कोरोना संक्रमण, ४३६ जना संक्रमणमुक्त

116
Shares

काठमाडौँ, १९ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २०५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ४३६ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ९९५ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २ सय र २ हजार ७५२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ५ जनाको गरी कुल १० हजार ७४७ परीक्षण गर्दा २०५ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६३, भक्तपुरमा ६ र ललितपुरमा ३४ जना गरी उपत्यकामा १०३ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेका छन् । आइसीयूमा १०७ जना भेन्टीलेटरमा २८ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *