चौबिस घण्टामा थप २०५ जनामा कोरोना संक्रमण, ४३६ जना संक्रमणमुक्त

काठमाडौँ, १९ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २०५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ४३६ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ९९५ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २ सय र २ हजार ७५२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ५ जनाको गरी कुल १० हजार ७४७ परीक्षण गर्दा २०५ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६३, भक्तपुरमा ६ र ललितपुरमा ३४ जना गरी उपत्यकामा १०३ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेका छन् । आइसीयूमा १०७ जना भेन्टीलेटरमा २८ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *