‘ओमिक्रोन भेरियन्ट’ भारतमा पनि भेटियो

680
Shares

काठमाडौँ, १६ मंसिर । कोभिड -१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतमा पनि भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कर्नाटक राज्यका दुई जनामा ओमिक्रोन भेरियन्ट भेटिएको हो ।

सरकारी अधिकारीहरुका अनुसार संक्रमितमध्ये एक जनाले कोभिडविरुद्धको दुबै डोज र एक जनाले एक डोज खोप लिएका छन् ।

संक्रमितमध्ये एक जना ६६ बर्षका पुरुष दक्षिण अफ्रिकाबाट फर्केको व्यक्ति हुन् । अर्को एक जना ४६ बर्षका पुरुष भने त्यहिको एक स्थानीय स्वास्थ्यकर्मी रहेको अधिकारीहरुले बताएका छन् । संक्रमित दुबैजना ज्वरो आएको भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नयाँ भेरियन्ट यसअघि देखिएको डेल्टा भेरियन्ट भन्दा पाँच गुणा बढी तिब्ररुपमा फैलने विश्व स्वास्थ्य संगठनले बताएको छ । यो भेरियन्ट अहिलेसम्म २९ देशमा देखा परिसकेको जनाएको छ ।

गत २६ नोभेम्बरमा विश्व स्वास्थ संगठनले दक्षिण अफ्रिकी कोरोना भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ नामकरण गरिदिएको थियो र यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिदिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *