बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिने

152
Shares

लन्डन, १५ मंसिर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन् ।

उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा सो कुरा बाएका हुन् । उनले भनेका छन्– सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ ।

यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताउ ।

उनले अब अहिलेकै अवस्थामा बेलायतमा अर्को लकडाउन नगरिने पनि बताए। उनले नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्नका लागि नागरिकहरुले नै सरकारलाई बल दिनुपर्छ, तर अब लकडाउनका अवस्था आउँदैन भने ।

सिन्हा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *