नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शिवजी पौडेल निर्वाचित हुने पक्का

456
Shares
डा. शिवजी पौडेल

काठमाडौँ, १३ मंसिर । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल निर्वाचित हुने पक्का भएको छ । आइतबार देखि जारी मतगणनाको ९ हजार गणना भइसक्दा डा पौडेलले निकटतम प्रतिस्पर्धी रहेका डा प्रमोदकुमार यादवलाई ठूलो मतान्तरले पछि पारेपछि जीत निश्चित भएको हो ।

कुल ९ हजार ३०० भोट मध्ये ९ हजार गणना गर्दा डा पौडेलको पक्षमा ४ हजार ९१८ भोट आएको छ । डा यादवको पक्षमा भने २ हार ३४९ मात्रै आएको छ । अब बाँकी तीन सय मत मध्ये सबै यादवको पक्षमा भएपनि डा पौडेलको जीत सुनिश्चित भएको हो ।

यस्तै सदस्यहरुमा ४ हजार ३३२ मत ल्याएका डा हुलास अग्रवाल, ३८५३ मत ल्याएकी डा तोशीमा कार्की, ३३९६ मत ल्याएका डा कालुसिंह खत्री, ३२४७ मत ल्याएका डा गुरुशरण साहको पनि जीत निश्चित भएको छ । यस्तै ३२२३ मत ल्याएका डा कुन्जाग शेर्पा, २६६६ मत ल्याएका डा रुपक विके घिमिरे पनि जीत निश्चित जस्तै देखिएको छ ।

अरु को कोले कति ल्याए ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *