मेडिकल काउन्सिलको मतगणना अपडेट : ४००६ मत गणना गर्दा को अगाडी ?

1.1k
Shares

काठमाडौँ, १२ मंसिर । नेपाल मेडिकल काउन्सिलको विहान ४ बजे देखि जारी मतगणनाको पछिल्लो मतपरिणाम आएको छ । कुल ४ हजार ६ मतगणना गर्दा उपाध्यक्षमा डा शिवजी पौडेल उनका निकटतम प्रतिस्पर्धी डा प्रमोदकुमार यादव भन्दा झण्डै दोव्वर मतले अगाडी छन् । डा पौडेलले २१९७ मत प्राप्त गर्दा डा यादवले ११३१ मत आएको छ ।

सदस्यमा डा हुलास अग्रवालको सबैभन्दा बढी मत आएको छ । उनको अहिलेसम्म २२७३ मत आएको छ । दोस्रो बढी मत डा गुरुशरण साहले प्राप्त गरेका छन् । उनको मत १८१२ मत प्राप्त गरेका छन् ।

तेस्रोमा बढी मत पाउने डा तोशीमा कार्की रहेकी छन् । उनको १६७७ मत आएको छ ।

चौथो बढी डा कालुसिंह खत्रीको १५५३, पाँचौँमा डा रोहितकुमार मिश्रा १३६३, छैटौँमा डा लभकुमार साह १२१६, सातौँमा डा कुन्जग शेर्पा ११७० र आठौँमा डा रुपक विके घिमिरेको १०९८ मत आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *