बैंककमा उपचार गराईरहेका माओवादी नेता पुनलाई थप उपचारका लागि चीन लगियो

392
Shares

काठमाडौँ, १० मंसिर । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई थप उपचारका लागि बैंककबाट चीन लगिएको छ ।

जटिल प्रकृतिको जण्डिसले सताएका कारण विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीनको ‘थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज’ लगिएको पुनको सचिवालयले जनाएको छ ।

नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन् । उनीहरू आजै मध्याह्न अस्पताल पुगेर उपचार सुरु हुने बताइएको छ । समितिभेज अस्पतालका चिकित्सकले यहाँ भन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए ।

काठमाडौँबाट बैंकक लैजाँदा जन्डिस (बिलरुविन) को तह १८ रहेकामा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ। जन्डिससँगै शरीरका अन्य अंगमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लगिएको हो । नेता पुनको चार बर्ष अघि पनि समितिभेज अस्पतालमा उपचार भएको थियो र  उनलाई गत असोज १३ गते उपचारका लागि बैंकक लगिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *