नेपाल चिकित्सक संघका ४ जना पूर्व अध्यक्ष कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौँ, ९ मंसिर । नेपाल चिकित्सक संघका नेतृत्व गरेका चार जना बरिष्ठ चिकित्सकहरु नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिका रुपमा छानिएका छन् । आगामी २४ देखि २६ मंसिरसम्म काठमाडौँमा हुन गईरहेको महाधिवेशनका लागि उनीहरु जिल्लाबाट प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् ।

पूर्व अध्यक्षहरु डा चोपलाल भुसाल, डा केदार नरसिंह केसी, डा अञ्जनीकुमार झा र डा मुक्तिराम श्रेष्ठ महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् । उनीहरुमध्ये डा भुसाल र डा श्रेष्ठ अर्घाखाँची, डा केसी नुवाकोट र डा झा धनुषा जिल्लाबाट प्रतिनिधि छानिएका हुन् ।

‘पेशागत संस्थाको नेतृत्व कुसलतापूर्वक गरियो । अब देशको मुलनीति अर्थात राजनीतिमा पसेर देश र जनताको सेवा गर्ने योजना बनाएको छु । त्यसैले सक्रिय राजनीति सुरु गरेको हुँ,’ डा केसीले भने ।

उनले आफू यसपटक नुवाकोटको कांग्रेस जिल्ला सभापतिमा उम्मेद्धारी दिने योजनामा रहेको समेत बताए ।

‘मैले चाहे चिकित्सक संघको नेतृत्व गर्दा होस, चाहे शान्ति र लोकतन्त्रका लागि पेशागत संघ (पापड)मा रहँदा होस् आफ्नो तर्फबाट उत्कृष्ठ काम गरें । अब त्यो अनुभव पार्टीमार्फत देशको सेवामा लगाउनेछु,’ डा केसीले भने ।

त्यसो त यसपटक कांग्रेस महाधिवेशनका लागि थुप्रै चिकित्सकहरुले प्रतिनिधिका बन्नका लागि उम्मेद्धारी दिएका थिए । तीमध्ये कतिपय निर्वाचित समेत भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *