काठमाडौँ महानगरको सबै वडामा आज पनि कोभिडविरुद्धको पहिलो र दोस्रो डोज खोप लगाइदै

काठमाडौँ, ८ मंसिर । काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा आज पनि कोभिडविरुद्धको खोप लगाइदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार महानगरपालिकाका सबै वडा कार्यालयमा रहेका खोप केन्द्रमा एस्ट्राजेनेकाको दोस्रो र भेरोसेल खोपको पहिलो र दोस्रो डोज खोप लगाइने छ।
खोप बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म लगाइने छ । खोप लगाउन उमेर खुल्ने परिचयपत्रलिइ आफ्नो वडाको खोप केन्द्रमा गएर लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



