काठमाडौँ महानगरको सबै वडामा आज पनि कोभिडविरुद्धको पहिलो र दोस्रो डोज खोप लगाइदै

काठमाडौँ, ८ मंसिर । काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा आज पनि कोभिडविरुद्धको खोप लगाइदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार महानगरपालिकाका सबै वडा कार्यालयमा रहेका खोप केन्द्रमा एस्ट्राजेनेकाको दोस्रो र भेरोसेल खोपको पहिलो र दोस्रो डोज खोप लगाइने छ।

खोप बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म लगाइने छ । खोप लगाउन उमेर खुल्ने परिचयपत्रलिइ आफ्नो वडाको खोप केन्द्रमा गएर लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *