दर्तावाल चिकित्सकको विवरण सेयर भएको छैन् : मेडिकल काउन्सिल

404
Shares

काठमाडौँ, ७ मंसिर ।  नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकका कुनै विवरण वा कागजात कतै सेयर नभएको बताएको छ । निर्वाचनका बेला काउन्सिलबाट आफूहरुको गोप्य विवरण अनाधिकृत रुपमा सेयर भएको भन्दै कतिपय चिकित्सकहरुले आवाज उठाएको बेला काउन्सिलले यस्तो बताएको हो ।

काउन्सिल रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले गत आइतबार बसेको विशेष बैठकको निष्कर्ष भन्दै जारी गरेको विज्ञप्तीमा सबै डाक्टरको कागजात सुरक्षित रहेको दावी गरिएको छ । विज्ञप्तीमा एमएमएस कसरी वितरण भएको रहेछ भनेर थप जानकारी लिनका लागि इन्जिनियरिङ अध्ययन संस्थानको सूचना तथा सञ्चार प्रविधि केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको उल्लेख छ ।

उसले दर्तावाल चिकित्सकको विवरण कसरी थप सुरक्षित बनाउने भन्ने बारेमा समेत संस्थानका प्राविधिकसंग राय सल्लाह माग्ने निर्णय भएको जनाएको छ ।

निर्वाचनमा उम्मेद्धार बनेका डाक्टर कालुसिंह खत्री र डा तोसीमा कार्कीलाई भोट माग्दै ३७८८८ नम्बरबाट आएको एसएमएसलाई लिएर कतिपय चिकित्सकले उनीहरुबाट तथ्यांक दुरुपयोग भएको आरोप लगाएका थिए ।

हेरौँ विज्ञप्ती

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *