फुट्यो राष्ट्रिय स्वास्थ्यकर्मी संघ, भक्तिमान सुब्बाको अध्यक्षतामा बन्यो नयाँ संगठन (पदाधिकारी सूची सहित)

काठमाडौँ, ४ मंसिर । नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संग अन्तत : टुक्रिएको छ । एकीकृत नेकपा समाजवादी निकट स्वास्थ्यकर्मीहरुले नयाँ संगठन स्थापना गरेका छन् ।

उनीहरुले यसअघि राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्ष रहेका भक्तिमान सुब्बाको नेतृत्वमा एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल गठन गरेका छन् ।

नयाँ संगठनको उपाध्यक्षमा डा कृष्णगोपाल महर्जन र महासचिवमा तोप थापा रहेका छन् । संगठनमा महिला उपाध्यक्ष राधा सिलवाल तोकिएको छ । नयाँ संगठनमा सातै प्रदेशका लागि प्रतिनिधि र केन्द्रीय सदस्यहरु चयन भएका छन् ।

भक्तपुरको बोडेमा शुक्रबारदेखि जारी राष्ट्रिय भेलाले नयाँ संगठनको नाम र कार्यसमिति गठन गरेको बताइएको छ । भेला बोलाउँदा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नै भनिएको थियो । तर सो भेलाले आजबाट संगठनको नाम परिवर्तन गरि एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल राखिएको डा रमेश ढकालले बताए ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ विसं २०६३ सालमा स्थापना भएको थियो ।

यी हुन् नयाँ कार्यसमिति

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *