नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजबाट, ६ स्थानमा मतदान हुँदै

काठमाडौँ, ३ मंसिर । उपाध्यक्ष र आठ जना सदस्य छनौट गर्न नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजबाट हुँदै छ । आज विहान १० बजे देखि अपरान्ह ४ बजेसम्म उपत्यका बाहिरका ६ वटा मतदान केन्द्रमा निर्वाचन हुदैछ । भोली शनिबार भने आज मतदान हुने ६ सहित १८ वटा केन्द्रमा मतदान हुने बताइएको छ ।

प्रमुख निर्वाचन अधिकृत डा गणेश राईका अनुसार कोशी अस्पताल विराटनगर, वीपी कौइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल बीरगञ्जमा मतदान हुँदैछ । यस्तै भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पनि आजै देखि मतदान सुरु हुँदैछ ।

भोली कहाँ कहाँ हुँदैछ ?
आज मतदान भइरहेका छ वटा केन्द्र सहित मेची प्रादेशिक अस्पताल भद्रपुर झापा, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, लहान अस्पताल लहान सिरहा, हेटौडा अस्पताल मकवानपुर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, पाल्पा अस्पताल तानसेनमा भोलि मतदान हुनेछ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, भिम अस्पताल भैरहवा, भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशिक अस्पताल धनगढीमा भोली निर्वाचन हुँदैछ ।

काठमाडौँ उपत्यका सहित अन्य ३ वटामा आगामी १० र ११ मंसिरमा हुनेछ । निर्वाचन अधिकृत डा राईका अनुसार काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलमा १० मंसिर, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा १० र ११ मंसिरमा मतदान हुने बताइएको छ ।

चुनावी प्रतिस्पर्धामा ३५ जना उम्मेद्धार
आजबाट शुरु भएको एक उपाध्यक्ष र ८ जना सदस्य पदका लागि कुल ३५ जना चिकित्सकले उम्मेद्धारी दिएका छन् । उपाध्यक्षका लागि ३ जना र सदस्य पदका लागि ३२ जनाको उम्मेद्धारी परेको छ । डा राईका कुल मतदाताको संख्या करीव २९ हजार रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *