‘कुष्ठप्रभावि व्यक्ति माथिको विभेद अन्त्यका लागि तत्काल कानून संसोधन आवश्यक’

काठमाडौँ, १ मंसिर । सरकारले कुष्ठप्रभावी व्यक्तिहरुमाथि नीतिगत रुपमै विभेद गरेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले रोग लागेकै आधारमा कसै माथि विभेद हुन नहुने भन्दै विभेदकारी नीति तत्काल संसोधनको माग गरेका छन् ।

बुधबार दामियन फाउण्डेसनले आफ्नो स्थापना दिवसको अवसरमा राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आइडिया नेपाल नामक संस्थाका प्रतिनिधि अमर तिमिल्सिनाले उक्त कानून संशोधनको माग गरेका हुन्।

उनले कानूनमा कुष्ठ प्रभावि व्यक्तिसंग विहे गर्न नहुने र कोष्ठरोग लागिहालेमा त्यस्ता व्यक्तिसंग छोडपत्र गर्न मिल्ने कानून राखिएको भन्दै त्यसलाई सच्याउन सरकारको ध्यानाकर्षण गराए ।

हुन पनि मुलुकी देवानी संहित ऐनको पारिवारिक कानून परिच्छेद–१ विवाह सम्बन्धी व्यवस्था अन्तर्गत कसैले पनि देहायका कुनै अवस्थाको पुरुष वा महिलालाई झुक्याई विवाह गर्न वा गराउन हुँदैन भन्नेमा कुष्ठ रोगी भएको पनि उल्लेख छ।

दामियन फाउण्डेसनका देशीय प्रतिनिधि डा सुशील कोइरालाले  डा सुशील कोइरालाले  पनि उक्त कानून विभेदकारी भएको भन्दै संशोधनको माग गरेका छन्। कानून संशोधन नभएसम्म कुष्ठरोगी माथि हुने विभेद अन्त्य हुन नसकिने उनको भनाई छ।  क्षयरोग र कुष्ठरोग नियन्त्रणका लागि सधै सहकार्य गर्न तयार रहेको बताएका छन्। उनले नमिलेको नीतिगत विषयलाई तत्काल सच्याउन समेत सरकारको ध्यानाकर्षण गराए । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने उनले बताए।

मेडिकल एड्भाइजर डा प्रमोदराज भट्टराईले फाउन्डेशनका तर्फबाट भएका कामका बारेका जानकारी दिएका थिए । उनले क्षयरोग नियन्त्रण र पछिल्लो समय कोभिड १९ संक्रमणका बेला क्षय कुष्ट प्रभाविका लागि फाउन्डेशनले गरेको सहयोगको बारेमा समेत जानकारी दिए ।

नेपालमा दामियन फाउण्डेशनले कुष्ठरोगसंगै क्षयरोगविरुद्धको अभियानमा समेत सरकारलाई सहयोग गर्दै आइरहेको छ ।

बुधबारको कार्यक्रममा सहभागी हुन पुगेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले फाउण्डेशनको कार्य प्रसंशनीय रहेको भन्दै अब कुष्ठरोग र क्षयरोगका कार्यक्रम पहुँच बाहिर रहेका जिल्लामा पुर्‍याउन आग्रह गरिन । उनले सरकारको स्रोतबाट मात्रै यस्तो अभियान सम्भव नहुने भन्दै सरकारले थुप्रै यस्ता कार्यक्रमहरुमा गैरसरकारी संस्थासंग हातेमालो गर्दै काम गरेको बताइन ।

राष्टिय क्षयरोग केन्द्रका निर्देशक डा प्रकाशप्रसाद साहले क्षयरोग नियन्त्रण कार्यका लागि दामियन फाउण्डेशनको सहयोग प्रभावकारी रहेको भन्दै यसलाई अझ बढाएर लैजानुपर्ने बताए । उनले अहिले पन िकरीव ४० हजार क्षयरोगका विरामीहरु नभेटिएको भन्दै यसमा विभिन्न संस्थासंग सहकार्य गर्दै अघि बढ्ने बताए ।

सन्१९६४ सालमा बेल्जियममा स्थापित दामियन फाउण्डेसनले हाल विश्वका विभिन्न १४ वटा देशहरुमा काम गरिरहेको छ। नेपालका कपिलवस्तु,  रुपन्देही, कैलाली, डडेल्धुरा लगायत नौ वटा जिल्लामा कुष्ठरोग तथा क्षयरोग सम्बन्धी काम गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *