मुटुरोगीको उपचारका लागि डाक्टर दम्पत्तीले खडा गरे ५० लाख रुपैयाँको अक्षयकोष

काठमाडौँ, १८ कात्तिक । डाक्टर गौरी श्रेष्ठ र डाक्टर सुवर्णमान श्रेष्ठले आफ्नो संयुक्त नामबाट मुटुरोगीहरुको उपचारमा सहयोग गर्न ५० लाख रुपैयाँको उपचार सहयोग कोष स्थापना गरेका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानमा उनीहरुले डा गौरी सुवर्ण मुटुरोगी उपचार सहयोग कोष नाम दिइएर कोष स्थापना गरेका हुन् ।

बुधबार ललितपुरमा आयोजित कार्यक्रममा कोषका तर्फबाट डा गौरी श्रेष्ठ र प्रतिष्ठानका तर्फबाट पूर्व अध्यक्ष तथा राष्ट्रिय कार्यक्रम निर्देशक डा प्रकाशराज रेग्मीले सम्झौँता पत्रमा हस्ताक्षर गरेका छन् ।

५० लाख रुपैयाँको सो कोषको रकममध्ये ४० लाख रुपैयाँको ब्याज रकमबाट पेशमेकर राखी उपचार गर्नुपर्ने गरीव असहाय बिरामीलाई सहयोग गर्ने र बाँकी १० लाख रुपैयाँको ब्याजबाट प्राप्त हुने रकम बालबालिकालार्य लाग्ने बाथमुटुरोग र जन्मजात मुटुरोगको निदान र उपचारमा सहयोग गर्ने बताइएको छ ।

कोषमा जम्मा गरिएको रकमबाट प्राप्त हुने ब्याजको १५ प्रतिशत रकम प्रतिष्ठानको सञ्चालन खर्चमा र १० प्रतिशत रकम कोष बृद्धिका लागि यसै कोषमा जम्मा गरिने प्रतिष्ठानका कार्यक्रम निर्देशक डा रेग्मीले बताए ।

उनले सम्झौँता अनुसार नै दाताको तर्फबाट बुधबार २० लाख रुपैयाँ प्राप्त भएको र बाँकी ३० रुपैयाँ मंसिर महिनाको अन्त्यसम्ममा प्राप्त हुने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *