लोक सेवाको परीक्षामा प्रतिस्पर्धी नै नभेटिएपछि स्वास्थ्य सेवाको ११ औँ तहमा १३ वटा पद खाली

काठमाडौँ १७ कात्तिक । स्वास्थ्य सेवा तर्फ रिक्त रहेको एघारौँ तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले परीक्षा सञ्चालन गरेपनि १३ वटा पद भने रिक्त रहेको छ ।

आन्तरिक प्रतिस्पर्धा तर्फको अधिकांशमा दरखास्त नै परेन भने केहीले लिखित परीक्षामा सहभागी हुने कमी देखिए भने केही पदमा लिखित परीक्षा पास गरी अन्तरवार्ताका लागि नाम निकाल्नै सकेनन् ।

कुन कुन पद खाली भए ?

आयोगका अनुसार एघारौँ तहको प्रमुख कन्सलटेन्ट नेफ्रोलोजिष्ट पद २ वटा खाली थियो तर लिखित परीक्षा दिन कोही सहभागी भएनन् । लिखितमा सहभागी नभएपछि अन्तरवार्तामा छनौट हुने कुरै भएन ।

यस्तै एघारौँ तहकै प्रमुख कन्सलटैन्ट फरेन्सिक मेडिसिन अधिकृत पदमा एउटा सिट खाली थियो तर यसमा पनि लिखित परीक्षामा सहभागी हुन कोही नै गएन ।

प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जनको एउटा पदका लागि माग गरिएको थियो तर लिखित परीक्षामा कोही नै सहभागी भएन ।

यता प्रमुख कन्सलटेन्ट न्युरो सर्जन पदमा १ सिट रहेकोमा एक जनाले लिखित परीक्षामा सहभागी भएका त थिए तर नाम निस्केन । लिखितमा नाम ननिस्किएपछि यो सिट पनि रिक्त रहने निश्चत भयो ।

यसैगरी एघारौ तहकै प्रमुख कन्सलटेन्ट पेडियाट्रिक सर्जन पदमा १ सिट थियो तर लिखित र अन्तरवार्तामा कोही सहभागी भएन ।
आयोगले प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट पदमा दुई सिट खाली भन्दै दरखास्त आव्हान गरेको थियो तर यसमा पनि लिखितमै कोही सहभागी भएन ।

यस्तै प्रमुख कन्सलटेन्ट अव्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्टमा २ सिट खाली थियो । यसमा १ जना लिखित परीक्षामा सहभागी त भए तर नाम निस्कन सकेन ।

यसैगरी आयोगले आन्तरिक प्रतिस्पर्धा मार्फत प्रमुख कन्सल्टेन्ट माइक्रो बाइलोजिष्ट पद एघारौँ तहमा पनि १ सिटका लागि दरखास्त आव्हान गरेको थियो । तर लिखितकै लागि कसैको निवेदन परेन ।

नर्सिङमा सहभागी धेरै तर नाम निकाल्ने थोरै
आयोगले एघारौँ तहमा आन्तरिक तर्फ रिक्त रहेको प्रमुख अस्पताल नर्सिङ प्रशासक पदको १ सिटमा पदपूर्ति गर्न निकालेको विज्ञापनमा ५० जनाले परीक्षा दिएका थिए तर लिखितमा १ जना बन्दना थापाले मात्रै नाम निकालिन ।

यस्तै सोही पदमा खुल्ला तर्फबाट खुलाएको एक सिट पनि ५० जना सहभागी थिए । तर अन्तरवार्ताका लागि तीन जनाले मात्रै नाम निकालेका छन् । त्यसमा कविता पाण्डेय, संगिता श्रेष्ठ, हिराकुमारी निरौला मात्रै रहेका छन् ।

अरु पदमा को कसले नाम निकाले ?

  • प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन एघारौं तहको पदमा दुई सिट खालि थियो । त्यसमा डा नन्दु सिलवाल पौड्याल, डा मणिप्रसाद गौतम, डा मनीष पाण्डे र डा समिरकुमार पौडेलले अन्तरवार्ताका लागि नाम निकालेका छन् ।
  •  प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन एघारौं तहमा रिक्त रहेको एक पदमा तीन जनाले अन्तरवार्ताका लागि नाम निकालेका छन् । त्यसमा डा दिपाकुमारी श्रेष्ठ, डा प्रज्वल श्रेष्ठ र डा भक्तदेव श्रेष्ठले नाम निकालेका हुन् ।
  • प्रमुख कसन्लटेन्ट न्यूरोलोजिष्ट एघारौँ तह स्वास्थ्य मेडिसिन न्यूरोलोजी १ वटा पदका लागि दुई जनाले अन्तरवार्ताका लागि नाम निकालेका छन् । नाम निकाल्नेहरु डा पारस रायमाझी र डा संजिवकुमार शाह रहेका छन् ।
  • यस्तै प्रमुख कन्सलटेन्ट कार्डियोालेजिष्ट एघारौँ तहको रिक्त एक सिट पदमा अन्तरवार्ताका लागि एक छनौट भएका छन् । छनौट हुनेमा डा मणिप्रसाद गौतम रहेका छन् ।
  • यस्तै प्रमुख कसलटेन्ट ग्यास्ट्रो इन्टेरोलोजिष्टको एउटा पदमा डा इन्द्रकुमार झा मात्रै अन्तरवार्ताका लागि छनौट भएका छन् ।
  • यता एक सिट रिक्त रहेको प्रमुख कन्सलटेन्ट प्लास्टिक सर्जन एघारौँ तहमा बढुवाका लागि अन्तरवार्तामा तीन जनाको नाम निस्किएको छ । जसमा डा अपार लामिछाने, डा निरन महर्जन, डा बुद्धिनाथ अधिकारी रहेका छन् ।
  • दुई वटा सिट रिक्त रहेको प्रमुख कन्सलटेन्ट रेडियोलोजिष्ट पदमा डा प्रसान्त खतिवडाले मात्रै लिखित परीक्षामा सहभागिता जनाएका थिए । अन्तरवार्ताका लागि उनको मात्रै नाम निस्किएको छ ।
  • प्रमुख कन्सलटेन्ट डर्माटोलोजिष्टको एउटा पदमा अन्तरवार्ताका लागि डा चन्द्रभाल झाले मात्रै नाम निकालेका छन् ।
  • प्रमुख कन्सलटेन्ट साइक्याट्रिष्ट पदको रिक्त एक सिटमा डा लता गौतम मात्रै लिखितमा सहभागी भएकी थिइन र अन्तरवार्ताका लागि उनले नाम निकालेकी छन् ।
  • यता एक सिट खाली भएको प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन पदका लागि डा युवानिधि बसौलाले मात्रै लिखितमा सहभागीता जनाएका थिए र उनले अन्तरवार्ताका लागि नाम निकालेका छन् ।
  • दुई सिट रिक्त रहेको प्रमुख कन्सलटेन्ट इएनटी सर्जन पदका लागि लिखितमा सहभागी भएका डा दिपेन्द्र गौतम र डा रुपा महर्जनले अन्तरवार्ताका लागि नाम निकालेका छन् ।
  • यता आन्तरिक तर्फ खाली रहेको प्रमुख मेडिकल सुपरीटेन्डेन्टको एउटा पदमा पाँच जना लिखितमा सहभागी भएपनि अन्तरवार्तामा डा प्रवोध रेग्मीले मात्रै नाम निकालेका छन् ।
  • खुल्ला तर्फ रिक्त रहेको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट २ पदका लागि लिखित परीक्षामा सहभागी डा मानवहादुर केसी, डा विष्णु गौतम र डा हरिओम केशरीले नाम निकालेका छन् ।
  • आन्तरिक तर्फ रिक्त रहेको प्रमुख कन्सलटेन्ट प्याथोलोजिष्ट ३ पदका लागि लिखितमा ६ जना सहभागी भएपनि अन्तरवार्तामा डा करिश्मा मल्ल बैद्य र डा रेखा मानन्धर श्रेष्ठ मात्रै नाम निस्किएको छ ।
  • आदिवासी जनजाती कोटा तर्फ रिक्त एउटा प्रमुख कन्सलटेन्ट प्याथोलोजिष्ट एउटा कोटाका लागि लिखित परीक्षामा सहभागी भएका डा करिश्मा मल्ल बैद्य, डा रेखा मानन्धर, डा बन्दना जोशी, डा सुजन श्रेष्ठले अन्तरवार्ताका लागि नाम निकालेका छन् ।
  • प्रमुख कन्सलटेन्ट डेन्टल सर्जनको रिक्त एउटा पदमा डा आशा थापा र बन्दना खनाल आचार्यले अन्तरवार्ताका लागि नाम निकालेका छन् ।
  • यस्तै एउटा पद रिक्त रहेको प्रमुख मेडिकल ल्याव टेक्नोलोजिष्ट पदमा अन्तरवार्ताका लागि डा जोति खनालले नाम निकालेकी छन् ।
  • प्रमुख जनस्वास्थ्य प्रशासक पदको रिक्त एउटा कोटामा दीपकप्रसाद तिवारी, डा भुवन पौडेल र यशोदा अर्यालले अन्तरवार्ताका लागि नाम निकालेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *