स्वास्थ्यको बढुवा समिति बैठक : १२ औँ तहको लागि नाम सिफारिस कहिले हुन्छ ?

काठमाडौँ, १६ कात्तिक । स्वास्थ्य सेवा तर्फ रिक्त रहेको प्रमुख विशेषज्ञ पद (१२ औँ तह) का लागि नाम सिफारिस गर्न गठित बढुवा समितिको बैठक केही बेर अघि सकिएको छ ।

स्वास्थ्य मन्त्रालयमा आज अपरान्ह देखि बसेको समितिको बैठकले बढुवाका लागि आवेदन दिएका व्यक्तिहरुको बरिष्ठता, कार्यसम्पादन मूल्यांकन, दुर्गम, तालिम लगायतका पक्षहरु जाडेर सिफारिस गर्ने निर्णय गरेको छ ।

१२ औँ तह बढुवाका लागि २१ जनाले दावी पेश गरेका छन् ।

‘आज सामान्य छलफल भयो । आवेदन परेकाहरुको बरिष्ठता, कासमु, दुर्गम, तालिम लगायतका नम्बर पाउने आधारहरु के के छन् ? उनीहरुले पेश गरेको विवरण ठिक छ कि छैन् ? आदी ईत्यादि अध्ययन गरी लिष्ट तयार गर्ने र नाम सिफारिस गर्ने निर्णय भएको छ । अब बस्ने अर्को बैठकमा सम्भवत नाम सिफारिस हुन्छ होला,’ स्वास्थ्य सचिव डा रोशन पोखरेलले भने ।

समितिले तिहार अघि नै नाम सिफारिस गर्ने योजना बनाएको थियो । तर काम अझै केही बाँकी भएपछि तिहार अघि नै सिफारिस हुने सम्भावना पनि कम देखिएको छ ।

‘तिहार अघि अब भोलि मात्रै छ । आज गर्ने भनिएको काम भोलिसम्ममा सकियो भने तत्कालै बैठक बस्न पनि सक्छ । नत्र तिहार पछि लगत्तै पनि हुनसक्छ’  उनले भने ।

अहिले १२ औँ तहको पद मन्त्रालयमा दुईवटा र वीर अस्पतालमा एउटा रिक्त रहेको छ ।

यी हुन् १२ औँ तहका लागि दावी पेश गर्नेहरु ?

१. डा भीमसिंह तिंकरी (निर्देशक व्यवस्थापन महाशाखा, स्वास्थ्य सेवा विभाग)
२. डा गुणराज लोहनी (प्रमुख नीति योजना तथा अनुगमन महाशाखा स्वास्थ्य मन्त्रालय)
३. डा तारानाथ पोखरेल (निर्देशक सार्क टीबी एड्स नियन्त्रण केन्द्र)
४. सुनिलराज शर्मा, (निर्देशक राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र)
५.डा कृष्ण प्रसाद पौडेल, (निर्देशक इपीडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा स्वास्थ्य सेवा विभाग)
६. डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय (निर्देशक आयुर्वेद विभाग)
७. डा. सुधा देवकोटा (निर्देशक राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र)
८. डा. संजय कुमार ठाकुर (जनरल फिजिसियन वीर अस्पताल)
९. डा. श्याम सुन्दर यादव (सर्जन भेरी अस्पताल)
१०. डा. विकास देवकोटा (स्वास्थ्य सचिव लुम्बिनी प्रदेश)

११. डा. दिपक थापा मगर, (सर्जन वीर अस्पताल)
१२. डा श्रीकृष्ण श्रेष्ठ, ( बाल रोग विशेषज्ञ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)

१३. डा. संगीता कौशल मिश्रा (निर्देशक परोपकार प्रसूति अस्पताल)
१४. डा. आमिर बाबू श्रेष्ठ (एनेस्थेसियोलोजिष्ट परोपकार प्रसूति गृह)
१५. डा. रघुनन्दन ब्याजु (कन्सल्ट्यान्ट भरतपुर आँखा अस्पताल)
१६. डा. टंक प्रसाद बाराकोटी (मेडिकल सुपरिटेन्डेन्ट मेची अञ्चल अस्पताल)
१७. डा. प्रभा चापागाईं कोइराला, (वीर अस्पताल)
१८. गोमा देवी निरौला, (निर्देशक नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा)
१९.डा. शैली प्रधान (वीर अस्पताल)
२ं०. डा. राम पद्मारथ विच्छा (महानिर्देशक स्वास्थ्य सेवा विभाग)
२१. डा सुदेश सुवेदी (कोशी अस्पताल बिराटनगर)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *