‘आईओएमले परीक्षा शुल्क बढाएको छैन्, छुट्याइएको मात्रै हो’

 

प्राडा दिव्यासिंह शाह – डीन (आईओएम)

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)ले परीक्षा शुल्क किन बढायो ?

कहाँ बढायो ? बढाएको छैन् ।

अनि एमबीबीएस अध्ययनरत विद्यार्थीले अहिलेसम्म २५०० रुपैयाँ तिरे हुनेमा अहिले बढाएर ९ हजार पुर्‍याईयो भन्ने छ नि ?
त्यो गलत बुझाई हो । विद्यार्थीले गतवर्ष जसरी परीक्षा फारम शुल्क २५०० रुपैयाँ तिरेका थिए । अहिले पनि त्यहि नै हो तिर्नुपर्ने । त्यसैले परीक्षा शुल्क बढेको छैन् ।

एमबीबीएसकै कुरा गरौँ सोमबार आईओएमले प्रकाशित भएको सूचनामा परीक्षा शुल्क ९ हजार तोकिएको भन्ने छ त त्यो के हो नि ?
हो यहाँ निर ‘कन्फ्युजन’ भए जस्तो लाग्यो । एमबीबीएसकै कुरा गरौँ है ? सरकारले काठमाडौँ उपत्यकामा एमबीबीएसको शुल्क ४० लाख २३ हजार २५० रुपैयाँ तोकेको छ । त्यो रकम यत्तिकै हुँदैन, विभिन्न शीर्षकहरु दिईएको हुन्छ । अहिलेकोकुरा के हो भने, परीक्षा गराउन जाँदा लाग्ने खर्चहरु त्यहि शुल्कबाट आईओएमले कटाउँछ भनेको हो । परीक्षा लिन जानुपर्‍यो, कापी जाँच गर्नुपर्‍यो, नतिजा निकाल्नुपर्‍यो, यी सबैका लागि एकमुष्ट रुपमा ४० लाख २३ हजार २५० रुपैयाँबाट ९ हजार रुपैयाँ आईओएमले परीक्षा सञ्चालन खर्च भनेर राख्छ भनेको हो ।

उसो भए विद्यार्थीले २५०० ठाँउमा ९ हजार तिर्नुपर्ने होइन ?
होइन, विद्यार्थीले फारम शुल्क भनेर पहिले जस्तै २५०० रुपैयाँ नै तिर्ने हो । अहिलेको ९ हजार कलेजहरुले परीक्षा सञ्चालन खर्च तिर्दैनौँ भनेपछि हामीले नै भर्ना गर्दा लिने शुल्कमा ९ हजार यता छुट्याएका हौं । अब कलेज सञ्चालकहरुले कुल शुल्कमा ९ हजार कम शुल्क बुझ्न पाउँछन् ।

अनि एउटा विद्यार्थीसंग ९ हजार नै लिनुपर्ने व्यवस्था कसरी भयो ?
यो रकम हामीले कलेजका प्रतिनिधि, केयु तथा पाटन, आईओएमका कतिपय क्याम्पसहरुले विगतमा लिने शुल्कलाई आधार बनाएर तोकेका हौँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *