काठमाडौँमा भोलि देखि एस्ट्राजेनेकाको दोस्रो डोज दिईंदै

काठमाडौं, ८ कात्तिक । स्वास्थ्य कार्यालय काठमाडौँले यसअघि कोभिडविरुद्धको खोप एस्ट्राजेनेकाको पहिलो डोज लगाएकाहरुलाई भोलि (मंगलबार) देखि दोस्रो डोज लगाईदिने भएको छ । स्वास्थ्य कार्यालयले १८ माथि उमेरका सबै व्यक्तिलाई पहिले उपलव्ध गराएको खोप कार्ड, विद्युतीय दर्ता कागज तथा परिचय पत्रको आधारमा दोस्रो डोज लगाईदिने भएको छ ।

काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेका अनुसार भोलि काठमाडौँ महानगरपालिका भित्र रहेका ५ वटा ठूला अस्पतालहरुमा खोप लगाईनेछ । ती अस्पतालहरुमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल महावौद्य, परोपकार प्रसूतीगृह अस्पताल थापाथली र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर रहेका छन् ।

यस्तै जिल्ला भित्रका कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा पनि पनि भोलि देखि नै खोप अभियान सञ्चालन हुनेछ । उता काठमाडौँ महानगरले पर्सी १० कात्तिकका दिन ३२ वटै वडामा खोप सञ्चालन गर्ने बताएको छ ।

काठमाडौँमा एस्ट्राजेनेकाको दोस्रो डोज लगाउनुपर्नेको संख्या ८६ हजार रहेको स्वास्थ्य कार्यालय काठमाडौँले बताएको छ ।

विदेश जानेलाई छाउनीबाट खोप
यसैबीच वैदेशिक रोजगार तथा वैदेशिक भ्रमणमा जानेहरुका लागि सरकारले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाएको छ । भिषा लागेका व्यक्तिले आफ्नो पासपोर्ट लिएर त्यहाँ पुगी खोप लगाउन सक्ने समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *