चौबिस घण्टामा थप ५५७ जनामा कोरोना संक्रमण, ८७७ जना डिस्चार्ज

152
Shares

काठमाडौँ, ७ कात्तिक । चौबिस घण्टामा देशभर ५५७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ८७७ जना संक्रमणमुक्त भएका छन् । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ६ हजार ६१ जनाको पीसीआर बिधीबाट र १ हजार ५६४ जनाको एन्टीजेन बिधिबाट गरी कुल ७ हजार ६२५ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ४५२२ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २५ जना गरी आज कुल ५५७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १५९ भक्तपुरमा ९ र ललितपुरमा ४१ जना गरी उपत्यकामा २०९ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २०१रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा २७२ र भेन्टीलेटरमा ८५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *