एमाले नेता योगेश भट्टराईलाई पिसावको संक्रमण, वीर अस्पतालमा भर्ना

544
Shares

काठमाडौँ, ६ कात्तिक । नेकपा एमालेका नेता योगेश भट्टराईलाई पिसावमा संक्रमण देखिएको छ । नेता भट्टराई उच्च ज्वरो आएको भन्द्यै शुक्रबार दिउसो वीर अस्पतालमा भर्ना भएका थिए ।

‘ उच्च ज्वरो नघटेपछि उहाँ हामी कहाँ थप उपचारका लागि आउनु भएको हो । प्रारम्भिक परीक्षणका क्रममा उहाँको पिसावमा संक्रमण भएको थाहा भएको छ । त्यसको उपचार सुरु भएको छ । अरु पनि परीक्षण हुँदैछ । ज्वरो अहिले पनि आउने र रोकिने भइरहेको छ,’ कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्रकुमार बस्नेतले भने ।

यसअघि ज्वरो आउँदा उनको कोभिड -१९ को परीक्षण गरिएको थियो । तर त्यसमा रिपोर्ट नेगेटिभ आईसकेको छ ।

डा. बस्नेतले भट्टाईको उपचारका लागि युरोलोजीको टीम खटिएको समेत बताए ।

नेता भट्टराईलाई अस्पतालको भिआईपी क्याविनमा राखेर उपचार भइरहेको छ । तर, डाक्टरको सल्लाहबमोजिम सात दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको स्वकीय सचिव प्रेम गुरागाईंले बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *