२४ घण्टामा ३९८ जना सङ्क्रमित थपिए, ८०४ निको ८ को मृत्यु
काठमाडौँ, २८ असोज । पछिल्लो २४ घण्टामा ३९८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीन हजार ४१९ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै, दुइ हजार ७९८ वटा एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८८ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८०४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



