२४ घण्टामा ३९८ जना सङ्क्रमित थपिए, ८०४ निको ८ को मृत्यु

काठमाडौँ, २८ असोज । पछिल्लो २४ घण्टामा ३९८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीन हजार ४१९ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, दुइ हजार ७९८ वटा एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८८ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८०४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *