दशैं, हाम्रो खानपिन र स्वास्थ्य

हामी माझ महान पर्व बडा दशैँ आइसकेको छ । यो पर्वमा ठूला बढासंग आशिर्वाद लिने त छँदैछ । सपरिबार आफन्त जम्माभएर मिठा मिठा खानेकुरा खाने चलन हुन्छ ।

तर, हामीले दशैँमा खाने कतिपय पदार्थले अस्वस्थ बनाउन सक्छ ।

अथवा कतिपय पदार्थहरुको प्रयोग क्यान्सर रोग बनाउने कारक पनि हुनसक्छ । तसर्थ दशैँका बेलामा यी कुराहरुमा विशेष ध्यान दिऔँ

१. सूर्तिजन्य पदार्थको सेवन गर्नाले :

दशैँका बेलामा कतिपयले अझैँपनि चुरोट खैनी तमाखु जस्त पदार्थहरु कोशेलीका रुपमा लैजाने चलन छ । तर यसको सेवनले प्रत्यक्ष रुपमा स्वास्थ्यमा हानी पुरयाउछ । चुरोेट,बिंडी,खैनी,सुर्ती जस्ता सुर्तीजन्य पदार्थहरुमा चारहजार भन्दा बढी प्रकारका हानिकारक रसायनिकतत्वहरू रहेका हुन्छन र यसमध्ये करीव ५० प्रकारका रसायनिक तत्वहरू जस्तै कार्वन मोनोक्साइड, वैन्जपाइरिन,पोलिसाइक्लिक हाइडोेकार्वन ,नाइट्रोसामाइन,अलडिहाइड आदिले विभिन्न अंगहरुको क्यान्सर गराउछ । सूर्तिजन्य पदार्थको सेवनले फोक्सो,जिव्रो,गिजा,गाला, घांटि,अन्ननली, आमाशय,पाठेघर,पिसाव थैली र प्रोष्टेट आदिअंगहरुको क्यान्सर हुने भएकोले यसको प्रयोग गर्न हुँदैन ।

२. जाँड, रक्सीको अत्यधिक सेवन गर्नाले :

अमेरिकन हार्ट एसोसिएसनंका अनुसार पुरुषहरुले ४५ एमएलसम्म दिनको २ पटक र महिलाहरुले १ पटक भन्दा वढि मध्यपान गरेमा अन्ननली, आमाशय,कलेजो र स्तनका साथै विभिन्नअंगहरुको क्यान्सर हुन्छ । चाडबाडको मौका छोपी हामीकहाँ अत्यधिक मदिरा सेवन गर्ने चलन छ । यसलाई रोक्नुपर्छ ।दशैँजस्तो चाडपर्वको बेलामा रक्सीको अत्यधिक खपत हुने गरेको छ । यसलाई नियन्त्रण गर्नुपर्छ ।

SONY DSC

३.पोलेर डढेको मासु र अन्य खानेकुराहरू खानाले :

दशैंमाप्राय धेरैले मासु पोलेर खाने गर्दछन् । पोलेर डढेको मासुमा कार्सिनोजन हुने भएकोले वढि खाएमा आन्द्रा र रेक्टमको क्यान्सर हुनेसम्भावना बढी देखिन्छ । त्यसैले मासु कहिल्यै पोलेर खानु हुँदैन् ।

४.चिल्लो बोसोयुक्त खानेकुराहरू र धेरै नुन खानाले :

दशैँमा खसी बोका राँगा, बंगुर जस्ता रेड मिट वढि खाने चलन हुन्छ । यसले स्तन,आन्द्रा,रेक्टम,पानक्रियाज,प्रोष्टेट,किडनी,फोक्सो आदिअंगहरुको क्यान्सर बढी हुने सम्भावना हुन्छ । त्यसैले यस्ता मासुहरु सकेसम्म नखाँऔँ , खानैपरेपनि नियन्त्रण गरेर खाऔँ ।

५.अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधिप्रयोग गरिएकाखानेकुराहरू खानाले :

दशैं,तिहार,छठ जस्ता पर्वहरुमा अधिक प्रयोग हुने खाद्य पदार्थहरुमा अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधि प्रयोग हुने गरेको पाइन्छ । त्यसैले खाद्य पदार्थको खरीद गर्दा यस्ता कुरामा ध्यान दिऔँ, किनकी यस्ता खानाले आमाशय,घाटी,आन्द्रा आदिअंगहरुको क्यान्सर हुने भएकाले यी खानेकुराहरु नखाएको राम्रो ।

६.बासी, सडेगलेको र ढुसी परेको खानाहरू खानाले :

बासी,सडेगलेको खानाहरुमाआंखाले नदेखिने मसिना ढुसीहरु हुनसक्छ । यसमा हुने अफ्ला टोक्सिनहरुले आमाशय, कलेजो र आन्द्राहरुको क्यान्सर हुने भएकोले प्रयोग गर्नु हुँदैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *