चौबिस घण्टामा थपिए १०३० जना कोरोना संक्रमित, १० जनाको मृत्यु

184
Shares

काठमाडौँ, १८ असोज। पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ३० जना कोरोना संक्रमित थपिएका छन् । थप १ हजार जना निको भई डिस्चार्ज भएका छन् । आज थप १० जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार ५ हजार ८९३ जनाको पीसीआर बिधीबाट र ४ हजार ९८१ जनाको एन्टीजेन बिधिबाट गरी कुल १० हजार ८७४ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ८१२ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २१८ जना गरी आज कुल १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २६६ भक्तपुरमा ३८ र ललितपरमा ६२ जना गरी काठमाडौँ उपत्यकामा ३६६ जना थपिएका छन् ।

यो संगै नेपालमा कुल ४२ लाख ३४ हजार ५६ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण भएकोमा ७ लाख ९८ हजार ४ जनमा र ५ लाख ९२ हजार ५४२ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ७ लाख ७० हजार २२४ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको छ ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३५१ र भेन्टीलेटरमा ११८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *