भेरी अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा डा. वीरेन्द्रबहादुर चन्द नियुक्त

2.4k
Shares
डा. वीरेन्द्रबहादुर चन्द

काठमाडौँ, १४ असोज । नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी डा. वीरेन्द्रबहादुर चन्द पाएका छन् ।

बुधबारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट बरिष्ठ कन्सलट्यान्ट रेडियोलोजिष्ट (एघारौँ तह) डा. चन्दलाई सो जिम्मेवारी दिईएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले पुष्टि गरे ।

यसअघि अस्पतालको नेतृत्व निमित्त मेसुको रुपमा डा. प्रकाश थापाले सम्हालेका थिए ।

डा. चन्दले यसअघि २०७३ देखि २०७५ सालसम्म मेसुको जिम्मेवारी बहन गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *