सुर्तीजन्य पदार्थ प्रवर्धन गर्ने विज्ञापनमा अमिताभ बच्चन नै खेलेपछि….

212
Shares

नयाँ दिल्ली । बलीउडका महानायक अमिताभ बच्चन सूर्तिजन्य पदार्थको विज्ञापनमा मोडलिङ गरेपछि विवादमा मुछिएका छन् । सुर्तीजन्य पदार्थ विरोधी अभियन्ता तथा संस्थाहरुले उनलाई सुर्तीजन्य पदार्थको प्रयोगलाई प्रवर्धन गर्ने विज्ञापनबाट हट्न आग्रह गरेका छन् ।

बच्चनले कमलापसन्द पान मसला को विज्ञापनमा खोलेका छन् । उनले सो विज्ञापनमा कमलापसन्द पान मसला खाईरहेको देखिन्छ ।

अभियन्ताहरुले अमिताभ बच्चननै यसरी विज्ञापनमा छाउँदा युवाहरुमा सुर्तीजन्य पदार्थको प्रयोग दर बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच नेशलन अर्गनाइजेसन फर इराडिकेसन अफ टोवाकोका अध्यक्ष डा शेखर साल्करले अमिताभलाई पत्र लेखेका छन् ।

उनले पत्रमा भनेका छन, ‘मेडिकल रिसर्चबाट धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने व्यक्तिको स्वास्थ्यमा हानि गर्छ ।’

पोलियो निवारणका लागि ब्राण्ड एम्बेस्डर बनेका बच्चनले यस्तो सुर्तीजन्य पदार्थको विज्ञापनबाट छिटो भन्दा छिटो हटनुपर्ने बताएका छन् । एजेन्सी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *