खोप निर्यात खुल्ला गर्दै भारत, अक्टोबरको पहिलो साता नेपालमा कोभिसिल्ड आईपुग्ने

फाइल फोटो

काठमाडौँ, ५ असोज । नेपालमा पठाउन बाँकी खोप तत्काल रिलिज गर्नु भन्दै सेरम इस्टिच्युटलाई निर्देशन दिएको भारत सरकारले खोप निर्यातमा लागेको प्रतिवन्ध अक्टोबरबाट हटने जानकारी दिएको छ । प्रतिवन्ध हटेसंगै कोभिड विरुद्धका खोप अन्य देशमा निर्यात गर्न फेरि सुरु गर्ने त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।

देशभित्रै कोरोनाभाइरसको महामारी व्यापक फैलिएपछि भारतले गत अप्रिल महिनामा खोप निर्यात रोकेको थियो।

विश्वकै सबभन्दा ठूलो खोप निर्मातामध्ये पर्ने भारतले कोभिड खोप निकासीमा रोक लगाएपछि छिमेकी नेपाल लगायत विश्वभरि नै खासगरि विकासोन्मुख देशहरूलाई असर परेको थियो।

अब उक्त रोक खुला गर्ने पछिल्लो घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको ठीक अगाडि आएको छ।
वाशिङ्गटनमा उनले अमेरिका, जापान, तथा अस्ट्रेलिया सहितको ूक्वाडू समूहका देशका नेताहरूको सम्मेलनमा भाग लिँदैछन्।

अधिकारीहरूका अनुसार सो सम्मेलनमा पनि खोप निकासी बारे कुराकानी हुनेछन्।

भारतीय स्वास्थ्य मन्त्री मनसुख मांडवियाका अनुसार अक्टोबरमा भारतकै निम्ति त्यहाँका खोप निर्माताहरूले करिब ३० करोड मात्रा खोप उत्पादन गर्ने ठानिएको छ।

त्योभन्दा बढी उत्पादन भएका खोप निकासी गरिने उनले बताए। सोमवार बोल्दै उनले अब भारतले विश्वलाई मद्दत गर्ने र कोभ्याक्स अन्तर्गतको जिम्मेदारी बहन गर्ने बताए।

यो महिना भारतका निर्माताहरूले २६ करोड मात्रा खोप उत्पादन गर्ने ठानिएको छ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिशिल्ड खोप ९२ वटा न्यून आय भएका मुलुकहरूमा कोभ्याक्समार्फत वितरण गरिने बताइएको छ।

भारत सन् २०२१ को अन्त्यसम्ममा आफ्ना सबै वयस्क जनसङ्ख्यालाई खोप लगाइसक्न चाहन्छ।

ज्यानुअरी यता उसले झन्डै ८२ करोड मात्रा खोप लगाइसकेको छ।

गत शुक्रवार एकैदिन भारतले २ करोड भन्दा धेरै मात्रा खोप लगाएर कीर्तिमान राखेको थियो।

अप्रिल महिनामा उसले निकासीमा रोक लगाउनु पूर्व भारतले करिब ६ करोड मात्रा कोभिड खोप विभिन्न देशलाई उपलब्ध गराएको थियो।

यता प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालले गत विहिबार नै भारत सरकारले नेपालले खरीद गरेर आउन बाँकी रहेको खोप तत्काल रिजिल गर्न सेरम इन्स्टिच्युटलार्य निर्देशन दिएको जानकारी आफूकहाँ आईपुगेको बताए । उनले स्वास्थ्य सेवा विभागबाट केही कागजी प्रक्रिया पुरा गरेपछि खोप आउने दावी गरे ।

यता काठमाडौँस्थित भारतीय दुतावास स्रोतले अक्टोबरको पहिलो साता रोकिएको खोप आइपुग्ने दावी गरेको छ । ‘खोप पाउने पहिलो प्राथमिकतामा नेपाल रहेको छ । त्यसैले यताबाट सबै प्रक्रिया पुगेमा ढिलोमा अक्टोवर पहिलो सातासम्ममा खोप आईपुग्छ,’ स्रोतले भन्यो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *