डा. प्रदीप ज्ञवालीलाई ‘विपद न्युनिकरण’ पुरस्कार

6.2k
Shares

काठमाडौँ, १ असोज । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवाली विपद न्युनिकरण सम्वन्धी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा डा ज्ञवालीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो ।

अनुसन्धानको क्षेत्रबाट विपद न्युनिकरणमा उल्लेख्य भूमिका खेलेको भन्दै डा ज्ञवालीलाई सो पुरस्कार दिईएको हो । पुरस्कारको राशी २५ हजार र प्रमाणपत्र रहेको छ ।

यसैगरी विज्ञान पत्रकारिता पुरस्कारबाट पत्रकार मणि दाहाल, एरोनोटिकल इन्जिनियरिङ पुरस्कारबाट दीपकप्रसाद बास्तोला, उदयीमान पू्रविधि पुरस्कारबाट डा आभाष मास्के, अन्तरिक्ष प्रविधि पुरस्कारबाट उदयराज खनाल, जैविक प्रविधि पुरस्कारबाट प्राडा प्रकाश घिमिरे पुरस्कृत भएका छन् ।

विज्ञान तथा प्रविधिको उन्नत विकास, प्रकोप र महामारीबाट सहज निकास भन्ने नाराका साथ यो दिवस आज भरच्युल रुपमा मनाईदै छ । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले सम्वोधन गरका छन् ।

मुख्य सचिव शंकरदाश बैरागी प्रमुख अतिथि रहेको कार्यक्रममा कि नोट स्पीकरको रुपमा प्राडा सुरेशराज शर्मा रहेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *