चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज दिउसो आईपुग्दै

काठमाडौँ, १ असोज । चीनबाट खरीद गरिएको कोभिड विरुद्धको खोप भेरोसेलको ४४ लाख डोज खोप आज काठमाडौँ आईपुग्ने भएको छ । खोप लिन बिहीबार (हिजो) बेईजिङ प्रस्थान गरेको नेपाल एयरलायन्सको वाइडबडी विमान आज दिउसो साढे १ देखि २ बजेसम्ममा त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

सरकारले यसअघि नै चिनियाँ कम्पनी सिनोफार्मसंग नन डिस्क्लोजेवल एग्रीमेन्ट गर्दै ६० लाख डोज भेरोसेल खोप खरीद गर्ने सम्झौँता गरेको थियो । सम्झौँता अनुसार १६ लाख डोज खोप ४ र ५ भदौमा नै आईसकेको छ । बाँकी रहेको ४४ लाख डोज आज आउन लागेको हो ।

यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र हिजो खोप ल्याउने बताइएको थियो। तर पछि शंसोधन गर्दै एक दिन पछाडि सारिएको हो।

बेईजिङबाट खोप बोकेर काठमाडौँ आउँदै गरेको नेपाल एयरलायन्सको विमान

भेरोसेल खोप यसअघि एक भाइलमा एक डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ। जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो। ‘एक भाइलमै पाँच डोज हुने र प्याकेजिङ पनि पहिलेको भन्दा सानो हुने भएकोले ४४ लाख एकै पटक ल्याउन सम्भव भएको हो,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले भने ।

उनले दिउसो आउने खोपमध्ये तीनवटा प्रदेशहरु बागमती, लुम्बिनी र गण्डकीमा एयरपोर्टबाट आजै वितरण गर्ने र बाँकी प्रदेशहरुमा भोली वितरण गर्ने योजना भएको बताए । ढुंगानाले केही परिमाण टेकुस्थित खोप भण्डारण केन्द्रमा राख्ने समेत बताए ।

सरकारले आज आउने खोप दोस्रो मात्रा लगाउन बाँकीलाई दिने र खोप लगाउन बाँकी भएकाहरुलाई पहिलो मात्रा दिन सुरु गर्ने योजना लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *