चौबिस घण्टामा थप ९११ जनामा कोरोना संक्रमण, १४२३ जना डिस्चार्ज

काठमाडौँ, २७ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ४२३ जना निको भई डिस्चार्ज भएका छन् । आज थप १३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आाइतबार जारी गरेको बिबरण अनुसार ७ हजार ८७८ जनाको पीसीआर बिधीबाट र ३ हजार १४० जनाको एन्टीजेन बिधिबाट गरी कुल ११ हजार १८ जनाको नमुना परीक्षण भएको छ । जसमा ९सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा १८७ भक्तपुरमा ६६ र ललितपुरमा ५६ जना गरी काठमाडौँ उपत्यकामा ३०९ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ४५४ र भेन्टीलेटरमा १४० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *