काठमाडौँका ८ अस्पतालमा आज कोरोनाबिरुद्धको खोप लगाइँदै

244
Shares

काठमाडौँ, २२ भदौ । काठमाडौँमा आज ८ वटा अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने छ। स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्का अनुसार आज भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो मात्रा लगाउन लागिएको हो।

नेपाली सेनाको अस्पताल र प्रहरी अस्पतालमा पहिलो र दोस्रो मात्राको खोप लगाइने छ। सेनाको अस्पतालमा भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप र प्रहरी अस्पतालमा भेरोसेल र एस्ट्राजेनेका खोपको पहिलो र दोस्रो मात्रा लगाइने छ ।

यस्तै वीर अस्पताल,  त्रिवि शिक्षण अस्पताल, प्रसूति गृह, सशस्त्र प्रहरी अस्पताल, निजामती अस्पताल र समाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरमा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइने प्रमुख खड्काले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *