काठमाडौँका ८ अस्पतालमा आज कोरोनाबिरुद्धको खोप लगाइँदै

काठमाडौँ, २२ भदौ । काठमाडौँमा आज ८ वटा अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने छ। स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्का अनुसार आज भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो मात्रा लगाउन लागिएको हो।

नेपाली सेनाको अस्पताल र प्रहरी अस्पतालमा पहिलो र दोस्रो मात्राको खोप लगाइने छ। सेनाको अस्पतालमा भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप र प्रहरी अस्पतालमा भेरोसेल र एस्ट्राजेनेका खोपको पहिलो र दोस्रो मात्रा लगाइने छ ।

यस्तै वीर अस्पताल,  त्रिवि शिक्षण अस्पताल, प्रसूति गृह, सशस्त्र प्रहरी अस्पताल, निजामती अस्पताल र समाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरमा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइने प्रमुख खड्काले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *