काठमाडौँका ४० प्रतिशत जनताले पाए कोभिडबिरुद्धको पूर्ण खोप


काठमाडौँ, १९ भदौ । काठमाडौंमा ४० प्रतिशत जनताले कोभिडविरुद्धको पूर्ण खोप पाएका छन् । शुक्रबारसम्म पहिलो डोज मात्रै लगाउने ४८ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रिबहादुर खडका अनुसार जिल्लामा पूर्ण खोप लगाउनेको संख्या शुक्रबार बेलुकासम्म ९ लाख १४ हजार ४८५ जना पुगेको छ । यस्तै पहिलो मात्रा लगाउनेको संख्या ११ लाख ७ हजार ९८० जना रहेको छ ।

जिल्लामा कोभिसिल्ड, भेरोसेल, जानसन र एस्ट्राजेनेका खोप लगाईएको छ । खोपको उपलव्भता र आवश्यकताका आधारमा प्राथकिता र उमेर समूह निर्धारण गरी चरण चरणमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य प्रमुख खड्काले बताए ।

शंकारापुर र दक्षिणकालीमा पहिलो डोज लगाउने सतप्रतिशत
यसैबीच शंकरापुर र दक्षिणकाली नगरपालिका कोभिड विरुद्धको खोपको पहिलो डोज सतप्रतिशत दिने पहिला नगरपालिका बनेका छन् । खड्काका अनुसार ती पालिकाहरुमा १८ बर्ष माथिका सबै नागरिकले पहिलो डोज खोप प्राप्त गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *