चौबिस घण्टामा थप २००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

164
Shares

काठमाडौँ, १७ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ८४६ जना निको भई डिस्चार्ज भएका छन् । आज थप १६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार १० हजार ६५८ जनाको पीसीआर बिधीबाट र ३ हजार ९९२ जनाको एन्टीजेन बिधिबाट गरी कुल १४ हजार ६५० जनाको नमुना परीक्षण भएको छ । जसमा २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ५ सय ४१ भक्तपुरमा १ सय र ललितपुरमा १ सय ५२ जना गरी काठमाडौँ उपत्यकामा ७९३ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ५४४ र भेन्टीलेटरमा १६६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *