काठमाडौँ उपत्यकाको निषेधाज्ञा भदौ मसान्तसम्म थपियो

288
Shares

काठमाडौँ, १६ भदौ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पहिलेको भन्दा खुकुलो गर्दै भदौ मसान्तसम्म थप गर्ने निर्णय भएको छ ।

बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा खुकुलो गर्दै थप गर्ने निर्णय गरेको हो।

थप गरिएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, स्वीमिङ पुल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न र गराउन नपाउने साथै सभा जुलुस, जात्रा भोजभतेर, महोत्सव गर्न नपाउने जनाइएको छ।

त्यस्तै धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न पाइने छैन। यस्तै, शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्न गराउन पाइने छैन। गर्नेपर्ने भए सकारले जारी गरेको स्माट लकडाउनको प्रवधानभित्र रही स्थानिय तहहरुले जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रसंग समन्वय गरी बिद्यालय सञ्चालनको निर्णय गर्न सक्ने आदेशमा उल्लेख गरिएको छ ।

त्यस्तै ,स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र चार बजेदेखि ७ बजेसम्म गर्न पाइने छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *