प्रधानमन्त्री कार्यालयका सचिव खगेन्द्र नेपालको स्वास्थ्यमा सरुवा, काजमा पुन: फिर्ता

काठमाडौँ, १४ भदौ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका सचिव खगेन्द्रप्रसाद नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको छ ।

गत १० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई स्वास्थ्य मन्त्रालयको प्रशासन सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । यद्धपी उनलाई तत्कालै प्रधानमन्त्री कार्यालयमा काजमा ल्याइएको छ ।

नेपाल गत २८ असारमा सचिवमा बढुवा भएका थिए । त्यसबेला प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहतर्फ पदस्थापन गर्ने निर्णय गरेको थियो ।

‘अहिले सचिव नेपालको दरबन्दी स्वास्थ्य मन्त्रालयमा छ । तर उनी प्रधानमन्त्री कार्यालयमै हाजिर भएर नियमित काम गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयको दरबन्दीमा राखिए पनि काजमा पुन प्रधानमन्त्री कार्यालयमा तानिएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *