चौबिस घण्टामा थप १३८८ जनामा कोरोना संक्रमण, २२६० जना संक्रमणमुक्त

  • काठमाडौँ उपत्यकामा ४७८ जना थपिए
  • - नेपाली हेल्थ

    काठमाडौँ, १३ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार २६० जना निको भई डिस्चार्ज भएका छन् । आज थप २४ जना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार ७ हजार २५९ जनाको पीसीआर बिधीबाट र ३ हजार ३८ जनाको एन्टीजेन बिधिबाट गरी कुल १० हजार २५७ जनाको नमुना परीक्षण भएको छ । जसमा १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

    जसमध्ये काठमाडौँमा ३१२ भक्तपुरमा ५२ र ललितपुरमा ११४ जना गरी काठमाडौँ उपत्यकामा ४७८ जना थपिएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ६२५ र भेन्टीलेटरमा १६७ जना संक्रमित उपचाररत रहेका छन्। त्यस्तै २० वटा जिल्लामा ५ सय भन्दा धेरै र १९ वटा जिल्लामा २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


    Facebook Comment


    थप समाचार