चौबिस घण्टामा थप २४३३ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

काठमाडौँ, १० भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ४३३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ९२९ जना निको भई डिस्चार्ज भएका छन् । आज थप २६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ९ हजार ७०२ जनाको पीसीआर बिधीबाट र ४ हजार ६७२ जनाको एन्टीजेन बिधिबाट गरी कुल १४ हजार ३७४ जनाको नमुना परीक्षण भएको छ । जसमा २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ५६१ भक्तपुरमा ६६ र ललितपुरमा १०६ जना गरी काठमाडौँ उपत्यकामा ७३३ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ६२० र भेन्टीलेटरमा १६५ जना संक्रमित उपचाररत रहेका छन्। त्यस्तै २० वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *