जापानबाट एस्ट्राजेनेकाको थप २ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौँ, ५ भदौ । जापान सरकारले कोभ्याक्स सुविधा अन्तरगर्त नेपाललाई दिने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये २ लाख ८ हजार ७ सय डोज खोप आज नेपाल आइपुगेको छ।
यसअघि दुइपटक गरेर ९ लाख डोज खोप आइसकेको छ। अब आउन बाँकी रहेको खोप भदौ ७ गते नेपाल आउने बताइएको छ।
यसअघि आएको खोप कोभिसिल्ड दोस्रो डोज लगाउन नपाएका करीव साढे ९ लाख जेष्ठ नागरिकले लगाइसकेका छन् । अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



